Logo

सुदूरपश्चिममा पनि एकीकृत समाजवादीकी शाह विजयी



काठमाडौं, १२ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट महिलातर्फ नेकपा एकीकृत समाजवादीकी गरिमा शाह (मदनकुमारी शाह) विजयी भएकी छिन् । उनले आज भएको चुनावमा प्रदेशसभाको ३९ र स्थानीय तहको १०९ जनप्रतिनिधिको मत पाएर निर्वाचित भएकी हुन् ।

उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशसभाका १२ र स्थानीय तहका ६४ जनप्रतिनिधिको मत प्राप्त गरेकी थिइन् । आयोगले निर्वाचित भएको आधिकारिक घोषणा भने गरेको छैन् ।

 



प्रतिक्रिया दिनुहोस्