Logo

देश नरहने अवस्था आइसक्योः लिङ्देन



काठमाडौं, १२ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश नरहने अवस्था आइसकेको टिप्पणी गरेका छन् । उनले आज राजधानीमा बोल्दै ठूला दलहरुका कारण देश र धर्म संकटमा परेको टिप्पणी गरेका हुन् ।

‘हेर्दा देश ठिकठाक छ जस्तो लाग्छ तर देश नरहने अवस्था आइसक्यो,’ लिङ्देनले राप्रपामा केही युवाहरुलाई प्रवेश गराउने कार्यक्रममा भने,‘देश र धर्म दुवै संकटमा छ ।’

उनले बेरोजगार उत्पादनको कारखानाका रुपमा देशलाई परिणत गराइएको बताए । केही नेताका कारण देश बन्धक जस्तै बनेको बताए ।

अहिलेको अवस्थाबाट देशलाई मुक्त गर्न सबै एकजुट भएर आवश्यक परे सडक संघर्षमा आउनुपर्ने बताए ।

Photo: Mukunda Kalikote/Reportersnepal.com



प्रतिक्रिया दिनुहोस्