Logo

न्युनतम मानव अधिकारको रक्षा गर्न माग गर्दै मानव अधिकार आयोगलाई ध्यानाकर्षण



काठमाडौं, १२ माघ । निजी क्षेत्रबाट सञ्चालन भएका स्वास्थ्य संस्थाहरुले नागरिकहरुबाट मनोमानी ढंगले पैसा असुलेर धन्दा चलाइरहेको भन्दै मानव अधिकार आयोगलाई ध्यानाकर्षण गराइएको छ ।

जनताको न्युनतम मानव अधिकारको रक्षाको लागि सरकारलाई सचेत गराउन आग्रह गर्दै स्वतन्त्र नागरिक समाजका अध्यक्ष प्रकाश रायमाझी, धार्मिक तथा सामाजिक अभियन्ता विश्व भक्त बाबा र सामाजिक अभियन्ता सुलोचना थापाले आयोगलाई ज्ञापनपत्र बुझाएका हुन् ।

कोरोनाको कहरबिच चुनौतिपुर्ण जीवन व्यतित गर्न बाध्य भएका नागरिकहरुलाई कोरोनाको सामान्य औषधी सिटामोल समेत बजारमा अभाव हुनु, सरकारी अस्पतालहरुमा सर्वसाधारणले उपचारै नपाउने अवस्था भएको पनि उनीहरुले ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

सार्वजनिक सवारी साधनमा जथाभावी भिड बढेको भन्दै अभियन्ताहरुले त्यसप्रति सरकार र सम्बन्धित निकायले पटक्कै वास्ता नगरेको आरोप लगाएका छन् । कोरोनाको यस्तो महामारीमा आयोगले नैर्सर्गिक अधिकारको प्रत्याभुति गराउनु पर्नेमा उनीहरुको जोड छ ।

‘बार एशोसियशनद्धारा उत्पन्न आन्दोलनबाट न्याय पीडित जनताहरुको आवाजलाई समेत आयोगले सम्बोधन गर्ने सरकारलाई ध्यान आकृष्ट गराउन चुकेको देखिन्छ । यो ज्ञापन–पत्र बुझाएका छौ ।’ ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।



प्रतिक्रिया दिनुहोस्