Logo

एमालेले ‘क्लिन स्वीप’ रोक्दा गठबन्धनभित्र अन्तर्घात



काठमाडौं, १२ माघ । राष्ट्रिय सभाको प्रदेशबाट निर्वाचित हुने १९ सिटका लागि भएको निर्वाचनमा क्लिन स्वीपको आँकलन गरिएको थियो । मतको अवस्था हेर्दा गठबन्धन सात वटै प्रदेशमा बहुमतमा देखियो । तर, प्रदेश १ मा नेकपा एमालेका सोनम ग्याल्जेन शेर्पाले बाजी मारेका छन् ।

शेर्पाले गठबन्धनमा रहेको जनता समाजवादी पार्टीका उम्मेदवार हेमराज राईलाई पराजित गरे । शेर्पाले ४७३४ मत प्राप्त गरेका थिए ।

प्रदेश १ मा गठबन्धन झीनो मतले मात्र अगाडि रहेको आँकलन थियो । केही मतदाताले मात्र मत क्रस गरेमा नतिजा फरक आउनसक्थ्यो । आखिर त्यही भयो ।

यसैगरी, प्रदेश १ मा जसपालाई धोका भएको चर्चा चल्न थालेको छ । जसपाले प्रदेश १ मा अल्पसंख्यक तर्फबाट एक सिटमा उम्मेदवार दिने गठबन्धनमा तय भएको थियो । त्यसबाहेक प्रदेश २ मा पनि उम्मेदवारी दिएको छ । पराजित हेमराज राई जसपा नेता अशोक राई निकट हुन् । त्यहाँ जसपाभित्रबाट नै अन्तर्घातको चर्चा चलेको छ ।



प्रतिक्रिया दिनुहोस्