Logo

फुटबलका पूर्व राष्ट्रिय खेलाडी हरि खड्काविरुद्ध नक्कली प्रमाणपत्रमा अख्तियारद्वारा मुद्दा



काठमाडौं, १२ माघ । नेपाली फुटबल क्षेत्रमा गौरवशाली नाम हो हरि खड्का । उनले देशका लागि महत्वपूर्ण गोलहरु गरेका छन् । राष्ट्रिय टोलीका पूर्व स्ट्राइकरले खेलाडी भएरै नेपाल प्रहरीमा जागिर खाए ।

प्रहरीमा छँदा खड्काले महेन्द्र पुलिस क्लबबाट खेले । पछि प्रशिक्षण पनि दिए ।

खड्काले प्रहरीमा शैक्षिक योग्यता आइएको झुट्टा प्रमाणपत्र पेश गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । उनले माध्यमिक शिक्षा परिषद वाराणशी उत्तरप्रदेशबाट जारी भएको शैक्षिक योग्यता पेश गरेको र उक्त प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियारले विशेष अदालतमा आज आरोपपत्र दायर गरेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्