Logo

मत बराबर भएपछि प्रदेश १ मा गोपाल बस्नेत गोलाप्रथामा भाग्यमानी



काठमाडौं, १२ माघ । राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ को प्रतिष्पर्धा रोचक बन्यो । गठबन्धनको भन्दा मत कम भएको भनिएपनि एमाले उम्मेदवारले राम्रो मत पाए ।

अल्पसंख्यकतर्फ सोनम ग्याल्जे शेर्पा विजयी भए । खुल्लातर्फ भने गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका गोपाल बस्नेत र एमाले उम्मेदवार गुरु बरालको मत बराबर भयो । दुवैले समान ४ हजार ४ सय ८८ मत प्राप्त गरे ।

मत बराबर भएपछि गोलाप्रथा हुँदा गोपाल बस्नेत भाग्यमानी भए । उनी विजयी भए ।

प्रदेश १ मा एमालेको चुनावी प्रदर्शन भने राम्रो भयो । गठबन्धनभित्र अन्तर्घात भएको चर्चा चलिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्