Logo

प्रदेश १ मा जयन्ती राई जित्दा एमालेका ४ सांसदको मत क्रस



काठमाडौं, १२ माघ । राष्ट्रिय सभाको प्रदेश १ अन्तर्गतको प्रतिष्पर्धा रोचक बनेको छ । त्यहाँ मतहरु क्रस भएका छन् ।

महिलातर्फको प्रतिष्पर्धामा गठबन्धनकी जयन्ती राई विजयी भइन् । उनले एमालेका ४ प्रदेश सभा सांसदको समेत मत पाइन् ।

मतदानमा एमालेकी सुमित्रा भण्डारीले ४० प्रदेश सभा सांसदको मतमध्ये ३६ को मात्र पाइन् । उनले १९२ मतभार गुमाइन् । जसका कारण नेकपा एसकी जयन्ती राई विजयी भइन् ।



प्रतिक्रिया दिनुहोस्