Logo

अष्ट्रेलियन ओपनको सेमिफाइनलमा पुग्न मेडभेडेभको कठिन जित



एजेन्सी, १२ माघ । अष्ट्रेलियन ओपन टेनिसमा रुसका डानिल मेडभेडेभले कठिन जित निकालेका छन् । उनले निकै प्रतिष्पर्धात्मक खेलमा क्यानडाका अगर अलियासिमेलाई ५ सेटमा पराजित गरेका हुन् ।

मेडभेडेभले सुरुका दुई सेट गुमाएका थिए । तेस्रो सेट पनि हार्ने अवस्था बन्दा उनले कठिन जित निकाले । चौंथो र पाचौं सेट पनि मेडभेडेभका लागि कठिन बन्यो ।

खेल ६-७, ३-६, ७-६, ७-५ र ६-४ मा मेभडेभको पक्षमा गयो । खेल ४ घन्टा ४२ मिनेट चलेको थियो ।

अष्ट्रेलियन ओपनको दाबेदारमध्येका मेडभेडेभले सेमिफाइनलमा ग्रीसका स्टेफानोज टिस्टिपाससँग प्रतिष्पर्धा गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्