Logo

ओलीले एमालेभित्र १० बुँदे पक्षधरलाई पेल्दा…



काठमाडौं, १३ माघ । नेकपा एमालेभित्र बलियो पकड बनाएपनि अध्यक्ष केपी शर्मा ओलीलाई १० बुँदे पक्षधरबाट चुनौती देखिएको छ । भीम रावलसहित १० बुँदे पक्षधर मानिएका नेताहरुमध्ये अधिकांश ओलीको पेलाईमा परेका छन् ।

ओलीको पेलाईको असर राष्ट्रियसभा चुनाव अन्तर्गत प्रदेश १ मा भएको मतदानमा देखिएको छ । ओलीले निकै महत्व दिएका दुई उम्मेदवार पराजित भए । ओलीसँग असन्तुष्ट एमाले प्रदेश सभा सांसदहरुले मत क्रस गरिदिए ।

गुरु बराल र सुमित्रा भण्डारी ओलीका नजिक मानिन्छन् । बराल मत बराबर हुँदा गोलाप्रथामा काँग्रेसका गोपाल बस्नेतलाई भाग्यले साथ दिदा सांसद हुनबाट रोक्किए । मत बराबर हुनुमा एमालेका २ सांसदले बराललाई मतदान नगर्नु हो । मत क्रस समेत भयो ।

सुमित्रा भण्डारी पनि पराजित भइन् । भण्डारीलाई विगतमा ओलीले राजदूतमा समेत अगाडि बढाएका थिए । पटक पटक उनलाई नै अवसर दिएको भन्दै एमालेभित्रै असन्तुष्ट बढ्यो । १० बुँदे पक्षधरका नेताहरु निकटलाई कुनै अवसर नदिदा मतदानमा अन्तर्घात भए । जसका कारण भण्डारी जयन्ती राईसँग पराजित भइन् ।

१० बुँदे पक्षधर नेताहरु निकट एमाले कार्यकर्ताहरु तल्लो निकायसम्म रहेका छन् । उनीहरुले ओलीलाई प्रदेश १ मा जसरी धक्का दिए चुनावमा यही अवस्था रहे झन् धक्का दिने सम्भावना बढेर गएको छ ।

ओलीले एकलौटी गर्दै लगेको भन्दै एमालेभित्र असन्तुष्टि बढेको छ । ओलीले मन्त्री बनाएकामध्ये रामवीर मानन्धरले नै यस्तै शैलीमा बढेमा एमाले सून्यमा पुग्ने अवस्था आउने चेतावनी दिइसकेका छन् । एमालेभित्र भीम रावलले ओलीसँग असन्तुष्टलाई संगठित गर्दै लगेका छन् । यसले भविष्यमा फेरि अर्को विद्रोहको सम्भावना पनि बढेर गएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot