काठमाडौँ, १३ माघ । काठमाडौँमा घरभित्रै निस्सासिएर एक दम्पत्तिको मृत्यु भएको छ । शंखरापुर नगरपालिका–३ बोझेनीमा ५२ वर्षीय पदमबहादुर थिङ र उनका श्रीमती ४५ वर्षीया फुलमाया थिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दम्पत्ति गएराति आफ्नै घरमा आगो बालेर सुतेका उनीहरू बिहान मृत भेटिएका थिए । प्रहरीको अनुसार अहिले प्रहरी घटनास्थल पुगेको छ । थिङ दम्पत्तीका छोराले बुवा–आमा अचेत अवस्थामा देखेपछि उनले प्रहरीलाई खबर गरेका हुन् ।




प्रतिक्रिया