Logo

चर्चित गायक पौडेलले ल्याए ‘फूल भिरैमा’



काठमाडौं, १३ माघ । चर्चित लोक तथा दोहोरी गायक पुरुसोत्तम पौडेलले फूल भिरैमा बोलको गीत बजारमा ल्याएका छन् । गायक पौडेल, गायीका सुनिता बुढा क्षेत्री र लक्ष्मी खड्काको स्वरमा गीत बजारमा ल्याएका हुन् ।

“फूल भिरैमा सजाउन मायाले तिम्रो सिरैमा” लगायतका मायालु टुक्का प्रयोग भएको गीत पुरुशोत्तम पौडेल युटुब च्यानलमार्फत बजारमा आएको हो । गीतमा चर्चित मोडल आसिर प्रताप जंग, सञ्जिव न्यौपाने समर, स्मारीका ढकाल, समारीका ढकाल, शिब पौडेल र एन्जिला केसीको अभिनय देख्न सकिन्छ ।

गीतको थेगो समेत निमार्ण गरेका शिब पौडेल हास्य कलाकारको रुपमा गीतमा देखिएका छन् । त्यस्तै, नेत्र अर्यालको शब्द, गायक पौडेलको संगित रहेको गीतको बिनोद बाजुरालीले एरेन्ज गरेका हुन् । गीतको अडियो सम्पादन भने खडक बराजुलिले गरेका हुन् ।

ऋषी बराल ‘श्रीजन’को निर्देशन रहेको फूल भिरैमाको अडियो भिडियोको काम उमंग म्यूजिक प्रा.लिले गरेको हो । रामशरण उप्रेतीले छायांङ्कन गरेको गीतको दुश्य सम्पादन तथा कलर शिब पौडेलले गरेका हुन् । गीतमा श्रृङ्गार आर्टीशका रुपमा दिपशन परियार रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्