Logo

एमाले बागमती कमिटीका सदस्य सिलवाललाई माधव नेपालले ताने



काठमाडौं, १३ माघ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका नेता कार्यकर्तालाई धमाधम तान्न थालेका छन् । उनले आफै तथा आफ्ना विश्वासपात्रहरुमार्फत् एमालेका नेता कार्यकर्तालाई सम्पर्क गरी तान्न थालेका हुन् ।

नेपालले आज नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य श्यामकृष्ण सिलवाललाई नेकपा एसमा भित्राएका छन् । पार्टी केन्द्रीय कार्यालयमा नेपालले सिलवाललाई खादा ओढाएर पार्टीमा भित्राएका हुन् ।

सिलवाल एमालेका पुराना नेता हुन् । उनी ललितपुर जिल्ला कमिटीका पूर्व उपाध्यक्ष पनि हुन् । सिलवाल पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot