Logo

उखुबारीमा अर्को पनि शव फेला



विराटनगर, १३ माघ । मोरङको उखुबारीमा भेटिएको २ खाल्डोमध्ये दुवैमा शव फेला परेको छ। बिहीबार धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकको उखुबारीको खाल्डोमा अर्को पनि शव भेटिएको हो ।

एउटा खाल्डोमा हिजो (बुधबार) एक पुरुषको शव भेटिएको थियो । आज खाल्डो उत्खनन गर्ने क्रममा अर्को खाल्डोमा पनि शव फेला परेको प्रहरीले जनाएको छ ।
तालिमप्राप्त कुकुरसहितको अनुसन्धान टोली पनि घटनास्थलमा पुगेको छ । दुबै शव एकै पटक हत्या गरी खाल्डोमा गाडेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

उखु काट्न पुगेका किसानले बारी भित्र खाल्डो खनेर पुरिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् । बुधबार बेलुका प्रहरीले उत्खनन् गर्दा अन्दाजी ३०–३५ वर्षीय पुरुषको शव फेला परेको हो । फेला परेका पुरुषको शवको पहिचान नभएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । शवको प्रकृति हेर्दा हत्या गरी गाडेको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot