Logo

छोरी ऐश्वर्या र धनुषको पुनर्मिलनको प्रयास गर्दै रजनीकान्त



एजेन्सी, १३ माघ । साउथका चर्चित जोडी धनुष र ऐश्वर्या रजनीकान्तले १७ जनवरीमा सम्बन्धविच्छेदको घोषणा गरेका छन् । विवाहको १८ वर्षपछि सम्बन्ध टुटेपछि फ्यान बाहेक ऐश्वर्याका पिता रजनीकान्त पनि दुखी छन् । छोरी ऐश्वर्याको यो निर्णयबाट रजनीकान्त निकै आक्रोशित भएका छन् र अब उनी दुवैबीच मेलमिलाप गराउन चाहन्छन् ।

हालै, एक स्रोतको अनुसार रजनीकान्तलाई उनकी छोरीको सम्बन्धविच्छेदको नराम्रो प्रभाव परेको छ। उनले ऐश्वर्यालाई बारम्बार सम्झाउँदै आएका छन् कि सम्बन्ध तोड्नु केही दिनको मात्र कुरा हो । रजनीकान्त ऐश्वर्याले पहिले जस्तै विवाह गरून् भन्ने चाहन्छन् ।

यो सम्बन्ध विच्छेद रोक्न रजनीकान्तले धनुषलाई भेट्न चाहेको खबर आएपनि धनुषले यो भेट स्थगित गर्न घरबाट टाढा बसेका छन् । धनुष रजनीकान्तलाई सम्मान गर्छन् र उनको शब्द काट्न चाहँदैनन्, त्यसैले उनी यो भेटघाटबाट टाढा छन्।

सम्बन्धविच्छेदको खबर बाहिर आएपछि धनुषका बुवा कस्तुरी राजाले एक अन्तर्वार्तामा यो सम्बन्धविच्छेदलाई पारिवारिक कलह मात्र भएको बताएका छन् ।

धनुष र ऐश्वर्या दुवैका परिवारले सम्बन्धविच्छेदको निर्णयमा पुनर्विचार गरून् र विवाह बचाउन चाहन्छन् । सम्बन्धविच्छेदपछि पनि उनीहरु हैदराबादको एउटै होटलमा सँगै बसेका थिए । विवाह तोडेको घोषणा भएको १० दिन बितिसक्दा पनि ऐश्वर्याले सामाजिक सञ्जालबाट श्रीमानको नाम हटाइनन् ।



प्रतिक्रिया दिनुहोस्