Logo

मौनीले गरिन् सूरजसँग विवाह



एजेन्सी, १३ माघ । बलिउड अभिनेत्री मौनी राय र दुबईका व्यापारी सुरज नाम्बियार विवाह बन्धनमा बाँधिएका छन् । दुवैले आज (बिहीबार) बिहान गोवामा आफ्नो परिवार, नजिकका साथीभाई र धेरै सेलिब्रेटीहरूको उपस्थितिमा मलायाली रितिरिवाज अनुसार विवाह गरेका हुन् ।

अहिले उनीहरुको विवाहको सुन्दर तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । रिपोर्टका अनुसार उनीहरु दुबैले आज साँझ बंगाली रितीरिवाजमा बिवाह गर्ने छन् ।

भाइरल तस्विर र भिडियोमा मौनीले सेतो रंगको साडी लगाएको देख्न सकिन्छ, जसको बोर्डर रातो र सुनौलो रंगको छ । मौनीले सुनको गहना लगाएर आफ्नो साउथ इन्डियन ब्राइडल लुक पूरा गरेकी छिन् । सोही क्रममा सूरजले साउथ अटायर सेतो लुंगी र क्रिम लेक्वेर्ड कुर्ता लगाएका थिए । केही तस्बिरहरूमा सूरज मौनीलाई मङ्गलसूत्र र एकअर्कालाई माला लगाएको पनि देखिएका छन् ।



प्रतिक्रिया दिनुहोस्