Logo

आज सामान्य अंकले बढ्यो नेप्से



काठमाडौं, १३ माघ । साताको कारोबारको अन्तिम दिन आज शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसुचक बिहीबार ३ दशमलव २० अंकले बढेर २७ सय ७९ दशमलव ९३ बिन्दु कायम भएको छ । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव ३८ अंकले बढेर ५१८ दशमलव ७२ विन्दुमा रोकिएको हो ।

नेप्सेको अनुसार आज २२४ कम्पनीको कारोबार भएर ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६८४ रुपैयाँ बराबरको ६६ लाख ७५ हजार २३१ कित्ता शेयर खरिद बिक्रि भएको हो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot