Logo

मन्त्री रेणु यादवविरुद्ध कांग्रेस नेताले दिए जाहेरी



काठमाडौं, १३ माघ । हिंसात्मक अभिव्यक्ति दिएर विवादमा तानिएकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध प्रहरीमा उजुरी दरखास्त परेको छ ।

गत माघ ५ गते रौतहटमा आयोजित मधेश बलिदान दिवसलाई सम्बोधन गर्दैै मन्त्री यादवले साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएकोले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न माग गर्दै नेपाली कांग्रेसका नेता रञ्जित कर्णले जाहेरी दिएका हुन् ।

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको ज्यानै मार्ने आशयको अभिव्यक्ति दिएको भन्दै सभासद् कर्णले बिहीबार सप्तरीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई राजविराजमा ज्ञापन पत्र समेत बुझाएका छन् ।



प्रतिक्रिया दिनुहोस्