Logo

अब एमालेले जितेको कुरा कुनै पनि पत्रकारले लेख्ने अवसर पाउने छैनन् : मेटमणि चौधरी



काठमाडौं, १३ माघ । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद मेटमणि चौधरीले अबदेखि एमाले र विजयीको बीचमा कहिल्यै भेट नहुने दाबी गरेका छन् । चौधरीले एमालेले जितेको कुरा कुनैपनि पत्रकारले लेख्ने अवसर नै नपाउने पनि ठोकुवा गरेका छन् । उनले एमालेले २०७४ सालमा जितेको कुरा अब कथा बन्ने र भावी सन्ततिहरुलाई सपनाजस्तै लाग्नेपनि उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले यस्तो लेखेका छन् । हेरौं उनको स्टाटस :

प्रतिगामि गठबन्धन- नेकपा एमाले, जसपा ( महन्त ठाकुर ) र राप्रपा बिचकाे गठबन्धनकाे शर्मनाक हार भएकाे छ । हारकाे लाज छाेप्न केपिका चाकरहरू SIngle नेकपा एमालेलाई ५ दलिय गठबन्धनकाे हुइँया मच्चाइरहेका छन् ।

याद हाेस दास/ दासिहरूलाई – चुनावि माेर्चामा उभिइसकेपछि मुख्य कुरा जित्नु हाे । चाहे एकलै हाेस या मिलिजुलि । मिलेरै / मिलाएरै जित्ने हाे । एकलकाँटे तिमिहरू बरू साेँच – हामी किन कसैसँग मिल्न सकेकाे छैनाै ? हामी दैनिक जस्ताे किन एकलिरहेका छाै । सरकारकाे नेतृत्वबाट प्रतिपक्षिकाे भुमिकामा कसरी झर्न पुगिम ! के याे बिषयमा कहिले सिहलाेकन गरेका छाै ? तिम्रा यिनै घमण्डकाे कारण अाज बिचारा भएका छाै ।

दासहरूले के पनि भुल्नु हुँदैन भने- २०७४ सालकाे चुनावमा माअाेबादिसँग चुनावि एकता गरेकाे कुरा, झापामा राप्रपालाई उम्मेदवारिमा सघाएकाे र त्यसबाफत मत पाएकाे, धनुषामा राजेन्द्र महताेलाई मत बेचि अरू ठाँउबाट असुलि गरेकाे, नवलपरासि, रूपन्देहि र कपिलबस्तुमा गैर एमालेका नेताहरूलाई सुर्य चिन्ह दिएर अरू निर्वाचन क्षेत्रमा स्वतन्त्रहरूका मत प्राप्ति गरेका ! उक्त सबै कार्य तिमिले बा भनेका खड्गा प्रसाद अाेलिले गरेका हाेइन्न ? दास बन्नु/ हुनुकाे पनि सिमा हुन्छ ! जसले सबैभन्दा बढि दलहरूसँग सहमति र अबैध संझाैता गरेका छन् ! तिनैका सन्तानहरू गठबन्धनका बिरूद्दमा बिष बमन गर्नु कत्ति पनि सुहाएन क्या !

फेरि अबुझ र अल्पज्ञानिहरूलाई थाहा हुनु पर्ने हाे – सँसारभरिका राजनैतिक culture धुर्बिकरण भइरहेकाे कुरा । भारतलगायत युराेपमा समेत मिल्न सक्नेहरूका बिचमा चुनावि एकता भएकाे कुरा । यसैले स्यालहरू – स्यालहुँइया नगरेकै राम्राे ।

राष्ट्रिय सभाकाे चुनावि परिणाम पछि- दासहरूले २ वटा बिषयलाई महत्त्वका साथ भुकिरहेका छन् -१. याे हार हाम्राे लागि अन्तिम हाे र अबकाे सबै निर्वाचनमा बिजयि हुन्छाै । २. ५ दल मिलेर जित्ने- यत्राे फूर्ति ! अल्पज्ञानिहरूलाई के थाहा ! याे हार भर्खर शुरू भएकाे छ र याे हारकाे श्रंखला निरन्तर अघि बढ्ने छ । अब देखि नेकपा एमाले र बिजयिकाे बिचमा कहिल्यै भेट हुने वाला छैन । नेकपा एमालेले जितेकाे कुरा कुनै पनि पत्रकारले लेख्ने अवसर पाँउनैछैन्न । २०७४ सालमा जितेकाे कुरा कथा बन्नेछ र भाबि सन्ततिहरूलाई सपना जस्तै लाग्नेछ !



प्रतिक्रिया दिनुहोस्