Logo

जोरबिजोर प्रणालीले सास्ती व्यहोर्दै सर्वसाधारण



काठमाडौं, माघ १४ । नियमितजसो सार्वजनिक यातायातमा यात्रा गर्ने सर्वसाधारण अहिले समस्यामा छन् । प्रशासनले शनिबारदेखि सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली लागु गरेसँगै सर्वसाधारणले राम्रोसँग सार्वजनिक यातायातमा चढेर यात्रा गर्न पाएका छैनन्।

यसै त काठमाडौं उपत्यकाको सार्वजनिक यातायात व्यवस्थित र भरपर्दो छैन। त्यसमा पनि उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली लागु भएपछि त यात्रु अझै कोचिएर यात्रा गर्न विवश भएका छन्। थोरै सवारीसाधनमा कोचिएर यात्रा गर्दा सर्वसाधारणमा कोभिडको तेस्रो लहरको प्रभाव अझै बढ्ने जोखिम कायमै छ।

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले गत माघ ७ गते बेलुका १२ बजेदेखि लागु हुने गरी सार्वजनिक यातायातमा उपत्यकामा जोरबिजोर प्रणाली लागु गरेसँगै अहिले यात्रुले झनै कोचिएर यात्रा गर्न बाध्य भएका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot