Logo

विश्वकप छनोटमा अस्ट्रेलिया र जापानको जित



काठमाडौं, माघ १४ । अस्ट्रेलिया र जापानले आगामी कतारमा हुने फिफा विश्वकप २०२२ अन्तर्गत एसियाली छनोटको तेस्रो चरणमा जित निकालेका छन् । अस्ट्रेलियाले घरेलु मैदानमा भियतनामलाई ४–० को फराकिलो अन्तरले हराउँदा जापानले चीनलाई २–० ले हरायो ।

अस्ट्रेलियालाई शानदार जित दिलाउन जेमी म्याकलरेन, टोम रोजिक, क्रेइग गुडविन र रिले म्याकग्रीले गोल गरेका थिए । मेलवर्नमा बिहीबार भएको खेलमा घरेलु टिमको लागि खेलको ३०औं मिनेटमा म्याकलरेनले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा रोजिकले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारेका थिए ।

७२औं मिनेटमा गुडविनले गोल गर्दै अस्ट्रेलियालाई ३–० को अग्रतामा राखे । ७७औं मिनेटमा म्याकग्रीले गोल गर्दै टिमको फराकिलो जित सुनिश्चित गरेका थिए । जितसँगै अस्ट्रेलिया समूह ‘बी’ मा ७ खेलबाट १४ अंक जोडे पनि तेस्रो स्थानमा यथावत् रहेको छ । पराजित भियतनाम भने अंक जोड्न अक्षम भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्