Logo

सर्वोच्चमा आज आलमको मुद्दाको सुनुवाइ हुँदै



काठमाडौं, १४ माघ । सर्वोच्च अदालतमा नेपाली कांग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमको मुद्दाको सुनुवाइ हुँदैछ । शुक्रबार न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ तोकिएको हो।

ज्यान मार्ने उद्योगको मुद्दामा थुनामा रहेका आलमको मुद्दाको यसअघि पटक–पकट पेशी तोकिदै आए पनि सुनुवाइ स्थगित हुँदै आएको थियो ।

रौतहटमा २०६४ को संविधानसभा निर्वाचनको एक दिनअघि इट्टा भट्टामा मानिसलाई जिउँदै जलाएर मारेको अभियोग लागेका आलम जिल्ला र उच्चको आदेशविरुद्ध सर्वोच्च अदालत पुगेका हुन् । उनी पुर्पक्षका लागि थुनामा छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot