Logo

भारतमा २४ घण्टामा २ लाख ५१ हजार जनामा संक्रमण पुष्टि



काठमाडौं, १४ माघ । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५१ हजार २०९ जना संक्रमित थपिएका छन् । बिहीबार कोभिड–१९ का कारण भारतमा ६२७ जनाको ज्यान गएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार हालसम्म ४ करोड ४ लाख भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म कोभिड–१९ बाट ४९ हजार भन्दा धेरैको ज्यान गएको छ भने अहिले भारतमा कोरोना संक्रमण दर १५.८८ प्रतिशत रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot