Logo

पोर्चुगलमा नेपाली युवक रुखमा झुन्डिएको अवस्थामा फेला



एजेन्सी, १४ माघ । केही वर्षदेखि पोर्चुगलमा बसोबास गर्दै आएका नेपाली युवकले रुखमा झुन्डिएर आत्महत्या गरेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका ३८ वर्षीय तर्कराज भट्टको बिहीबार रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको हो ।

पोर्चुगलको आल्बुफेइरामा बस्दै आएका भट्टको शव उनी बसोबास गरेको घरभन्दा केही टाढाको रुखमा डोरी लगाएर झुन्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

कृषि फार्ममा काम गर्दै आएका भट्टको शव पोस्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको जनाइएको छ । उनका एक छोरा र श्रीमती छन् ।

 



प्रतिक्रिया दिनुहोस्