Logo

होटलमा महिला बलात्कार गर्ने सञ्चालकसहित ३ जना पक्राउ



मोरङ, १४ माघ । जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । सुन्दरहरैचा नगरपालिका–४ बलिया स्थित श्रेष्ठ होटल एण्ड फेमेली होटलमा महिलालाई जबरजस्ती करणी गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा उक्त होटलका संचालक ३५ वर्षीय अर्जुन कुमार श्रेष्ठ, सोही ठाउँ बस्ने २५ वर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका–३ का २५ वर्षीय राम वहादुर नेपाली भन्ने सुधान्सु दर्जी रहेका छन् । गत शुक्रबार ती महिलालाई ईटहरीबाट घर फर्कने क्रममा गछिया खोलाको पुल नजिकबाट घर पुर्‍याई दिन्छु भनि गाडीमा चढाएर उक्त होटलमा लगि जबरजस्ती करणी गरेको खबर शनिबार प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तत्काल होटल संचालक अर्जुन र सुरजलाई नियन्त्रणमा लिएको थियो भने घटनामा संलग्न फरार रहेका सुधान्सुलाई मंगलबार ईलाम सूर्योदय नगरपालिका–१२ तिनघरेमा लुकीछिपी बसेको अवस्थामा फेला पारी १ नम्बर प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जना माथि जबरजस्ती करणी मुद्दामा आवश्यक कारबाही अगाडि बढाइएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

त्यस्तै, नुवाकोटमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा किस्पाङ गाउँपालिका–३ अर्काबेशी बस्ने २० वर्षीय परिमान तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । तामाङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी किस्पाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्