Logo

मोरङको उखुबारीमा शवः जग्गा कारोबारको लेनदेनमा हत्याको आशंका



काठमाडौं, १४ माघ । मोरङमा उखुबारीमा गाडिएका दुई पुरुषबारे प्रहरीले अनुसन्धान बढाएको छ । प्रारम्भिक अनुसन्धानबाट हत्या आर्थिक लेदनेदनसँग सम्बन्धित भएको आधारमा अनुसन्धान बढाइएको छ ।

मृतकमध्ये पहिचान भएका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ जग्गा कारबोबारी भएको खुलेको छ । उनी कारोबारकै सिलसिलामा घरबाट एक महिना अघि हिडेको खुलेको छ । केही दिन होटलमा पनि बसेको र वेपत्ता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

दुवैको हत्या अपहरणपछि गरिएको हुनसक्ने भन्दै अनुसन्धान बढाइएको हो । दुईमध्ये श्रेष्ठको शव पहिले गाडिएको र त्यसको केही दिनपछि अर्को शव गाडिएको पत्ता लागेको छ । घाँटीमा डाम देखिएकाले डोरीले बाँधेर हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

धनपालथान ७ बोर्डिङस्थित उखुबारीमा खाडल खनेर गाडेको अवस्थामा राजेन्द्रकुमार श्रेष्ठ र अर्का नाम नखुलेको व्यक्तिको शव १२ माघमा भेटिएको हो । ४९ वर्षीय श्रेष्ठ सुनसरीको धरान ३ घर भई भक्तपुरमा बस्दै आएका थिए ।

उखु काट्ने क्रममा किसानले शव भेटेका थिए । खाडल खनेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खनेर हेर्दा कपडामा बेरिएको शवहरु भेटिएको थियो ।

वस्तीबाट ५ सय मिटर परको उखुबारीमा कस्ले हत्या गरी शव गाड्यो भन्ने चासोको विषय बनेको छ । प्रहरीले मृतकको पहिचान गरिसकेकाले अनुसन्धानलाई गति दिएको छ ।-Photo Source: blastkhabar.com



प्रतिक्रिया दिनुहोस्