Logo

हामी निर्वाचन चाहन्छौं, सार्ने कुरा गरेको होईन : सोमप्रसाद पाण्डे (भिडिओसहित)



काठमाडौं, १४ माघ । नेकपा (एकीकृत समाजदाी) का प्रभावशाली नेता तथा सांसद सोमप्रसाद पाण्डेले चुनाव रोक्ने विषयमा आफूहरुको कुनै आशय नभएको बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कानूनी रुपमा निर्वाचनसम्बन्धी भएका कमजोरी सच्याउनुपर्नेमा जोड दिए । उनले स्थानीय तह निर्वाचनसम्बन्धी ऐन संशोधन गर्नुपर्ने बताए । उनले स्थानीय तहको निर्वाचन तत्कालै जाऔं भन्ने आफूहरुको कुरा भएको जिकिर गरे । उनले संविधानमा कुनै पनि तहको अर्ली ईलेक्शनको कुरा नलेखेको स्पष्ट पारे । उनले आफूहरुले चुनाव चाहेको उल्लेख गरे । तर, संविधानसम्म्त रुपमा निर्वाचन हुनुपर्नेमा उनको जोड थियो ।



प्रतिक्रिया दिनुहोस्