Logo

काँग्रेस कार्यसम्पादन समितिमा शेखर समूहका को को (सूचीसहित)



काठमाडौं, १४ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कार्यसम्पादन समिति गठन गर्दा इतर समूहका नेताहरुलाई पनि समेटेका छन् । पदाधिकारी स्वतः कार्यसम्पादनमा रहने विधानमा उल्लेख भएको काँग्रेसमा शेखर समूहका केही केन्द्रीय सदस्यलाई पनि समेटेका छन् ।

काँग्रेस कार्यसम्पादन समितिमा शेखर पक्षका ४ जना सदस्य मनोनित गरिएका छन् । जसमध्ये शेखर आफै छन् भने काँग्रेसको राजनीतिमा लामो अनुभव सँगालेका नेताहरु डा. रामशरण महत, अर्जुननरसिंह केसी र बलबहादुर केसी छन् ।

देउवाले पार्टीभित्र सबैलाई मिलाएर लाने रणनीति बनाएको भनिएपनि शेखर समूहबाट पदाधिकारीबाहेक ४ जनालाई मात समेटेका छन् ।

देउवाले केन्द्रीय सदस्यमा अहिलेसम्म शेखर कोइराला समूहका कसैलाई मनोनित गरेका छैनन् ।

काँग्रेस कार्यसम्पादन समितिमा शेखर समूहका नेता

डा. शेखर कोइराला
धनराज गुरुङ, उपसभापति
गगन थापा, महामन्त्री
बद्री पाण्डे, सहमहामन्त्री
जीवन परियार, सहमहामन्त्री
डा. रामशरण महत
अर्जुननरसिंह केसी
बलबहादुर केसी



प्रतिक्रिया दिनुहोस्