Logo

काँग्रेस कार्यसम्पादन समितिमा तीन कोइराला



काठमाडौं, १४ माघ । नेपाली काँग्रेसको राजनीतिक इतिहासमा कोइराला परिवारका सदस्य पहिलोपटक विभाजित छन् । केन्द्रीय सदस्य डा. शेखर कोइरालाले १४औं महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएर शेरबहादुर देउवालाई कडा चुनौती दिएपनि पराजित भए ।

शेखरको अहिले छुट्टै समूह छ । शेखरलाई महाधिवेशनमा पूर्वमहामन्त्री डा. सशांक कोइराला र केन्द्रीय सदस्य सुजाता कोइराला दुवैले साथ दिएनन् । सशांक नखुली तटस्थ बसे । सुजाता कोइराला भने प्रकाशमान सिंहको समूहबाट उपसभापतिको उम्मेदवार बनिन् ।

तीन कोइराला तीनतर्फ जस्तै भए । अहिले पनि तीनैजना तीनतर्फ देखिएका छन् । आज सभापति शेरबहादुर देउवाले ३७ जनाको कार्यसम्पादन समिति गठन गर्दा तीनैजना कोइराला परिवारका सदस्य समेटिएका छन् ।

सभापतिमा पराजित शेखर कोइराला र उपसभापतिमा पराजित सुजाता कोइराला पनि समावेश छन् । प्रकाशमान सिंह समूहकी सुजाताले यसपटक रणनीतिक रुपमा धेरै राजनीतिक लाभहरु लिएको विश्लेषणहरु हुन थालेको छ । उनलाई देउवाले चाँडै मन्त्री बनाउन चर्चा पनि छ ।

काँग्रेस कार्यसम्पादन समितिमा को को (सूचीसहित)

काँग्रेस कार्यसम्पादन समितिमा शेखर समूहका को को (सूचीसहित)



प्रतिक्रिया दिनुहोस्