Logo

अष्ट्रेलियन ओपनको फाइनलमा नाडालसँग मेडभेडेभ भिड्ने



एजेन्सी, १४ माघ । अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा रुसका डानिल मेडभेडेभ र स्पेनका राफेल नाडालबीच प्रतिष्पर्धा हुने भएको छ । उपाधि भिडन्तका लागि दुवैले शुक्रबारको सेमिफाइनल जित्दै फाइनलको स्थान पक्का गरेका हुन् ।

मेडभेडेभले निकै प्रतिष्पर्धात्मक खेलमा ग्रीसका स्टेफानोस टिस्टिपासलाई पराजित गरेका हुन् । अम्पायरसँग पटक पटक विवाद गरेका मेडभेडेभले सुरुमा कमजोर प्रदर्शन गरेपनि तेस्रो र चौंथो सेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

मेडभेडेभले ७-६, ४-६, ६-४ र ६-१ मा टिस्टिपासलाई पराजित गरेका हुन् । यसअघि स्पेनका नाडालले इटालीका माटेओ बेरेटिनीलाई चार सेटको प्रतिष्पर्धामा पराजित गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्