Logo

माघभर विद्यालय नखुल्ने



काठमाडौं, १४ माघ । सरकारले माघभर विद्यालय खोल्न नदिने भएको छ । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी सरकारले यस्तो निर्णय लिएको हो ।

आज कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले माघभर विद्यालय बन्दको सिफारिश गरेको हो । सीसीएमसीसीको सिफारिश सँगै उपत्यकालगायत देशभरका जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्ने बुझिएको छ ।

माघभर कोरोना भाइरसको संक्रमण दर दृष्टिगत गरी आवश्यक निर्णय लिने तयारी भएको बुझिएको छ । विद्यालयहरुले १६ माघबाट भौतिक पठनपाठनको तयारी गरिसकेका थिए । तर, सरकारले अझै १५ दिन विद्यालय बन्द लम्ब्याउने निर्णय लिने निश्चित भएको छ ।



प्रतिक्रिया दिनुहोस्