Logo

रोकिएका परीक्षा सञ्चालन हुने



काठमाडौं, १४ माघ । सरकारले रोकिएका परीक्षा सञ्चालनको अनुमती दिने भएको छ । स्वास्थ्य मापदण्ड पालना गरी विश्वविद्यालयहरुका परीक्षा पुनः सञ्चालनको अनुमति दिन लागेको हो ।

आज कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी परीक्षा पुनः सञ्चालनका लागि सिफारिश गरेको छ । परीक्षाका लागि कोरोना भाइरसको खोप अनिवार्य बनाइने समेत बुझिएको छ ।

कोरोना भाइरसको जोखिम बढेपछि सरकारले सबै परीक्षाहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्