Logo

गोविन्द राईको निर्देशनमा पुजा र सन्जिबको ‘यो माया’



काठमाडौं, १४ माघ । चर्चित नृत्य निर्देशक गोविन्द राईको निर्देशन तथा कन्सेप्ट रहेको म्युजिक भिडियो ‘यो माया’ शुक्रबार सार्वजनिक भएको छ । गीतमा निषाद सिंहको आवाज, शब्द र लय सिर्जना रहेको छ भने साज सिंहले भिडियोको एरेन्ज गरेका छन् ।

सुमित गुरुङको भिडियो ग्राफी रहेको यो गीत गोविन्द राई इन्टरटेनमेन्ट युट्युब च्यानलबाट आज रिलिज गरिएको हो । भिडियोको छायाङ्कन मुकेश हुमागाईँको टिमले गरेको छ ।

रोमान्टिक लभ स्टोरी गीतको भिडियोमा पहिलो पटक पुजा श्री र सन्जिब मगर (जान राना)ले अभिनय गरेका छन् । भिडियोमा दुईजनाको जोडी निकै जमेको देख्न सकिन्छ । म्युजिक भिडियोको बिनोद बामले सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस्ः

 



प्रतिक्रिया दिनुहोस्