Logo

सत्ता गठबन्धनको बैठक जारी, जनमोर्चा सहभागी भएन



काठमाडौं, माघ १५ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा पाँच दलीय सत्ता गठबन्धनको बैठक जारी छ ।

केही बेर अघि सुरु भएको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव लगायत नेता सहभागी छन् ।

आजको बैठकमा राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सहभागी छैनन् । बैठक स्थानीय तह निर्वाचनमा केन्द्रित रहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्