Logo

स्थानीय तहको रिक्तता कल्पना गर्न सकिदैन्ः पोखरेल



काठमाडौं, १५ माघ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले स्थानीय तहको रिक्तता कल्पना गर्न नसकिने बताएका छन् ।

आज (शनिबार) प्रोग्रेसिभ ईन्जिनियरिङ्ग एशोसियसन नेपाल (पीन)ले आयोजना गरेको ‘समयसामयिक राजनैतिक परिवेश र हाम्रो दायित्व’ नामक प्रशिक्षण कार्यक्रममा जुम मार्फत बोल्दै उनले नेपालको संविधानले स्थानीय तहको रिक्ततालाई कल्पना गर्न नसक्ने बताएका हुन् ।

प्रशिक्षण दिने क्रममा उनले नेकपा (एमाले)लाई सिध्याउन माधव नेपाल र पुस्पकमल दाहाल ‘प्रचण्ड’ लागि परेको आरोप लगाए ।

यस्तै, उनले नेकपा हुँदा एक व्यक्ति एक पदको कुरा अगाडि सारेर किचलो गर्नेहरुनै आज एक÷एकवटा पार्टी खोलेर दुईदुई वटा पद ओगटेर बसेको भन्दै उनले भने,‘त्यो अभिव्यक्ति कुण्ठाग्रस्त मानसिकताको उपज हो भन्ने पुष्टि भयो ।’

यस्तै, उनले संसदको औचित्य रहेमात्र संसदको सर्वोच्चता रहने भन्दै लोकतन्त्र भन्दा संसदवादलाई ठुलो ठान्ने नेताहरुमा वैचारिक विचलन देखिएको टिप्पणी गरे ।

बजारको मौद्रिक तरलताको अवस्था र मूल्यवृद्धिको अवस्था हेर्दा गठबन्धनको सरकार पूर्णरुपमा असफल भएको पुष्टी भएको उनको आरोप थियो । ‘रेमिट्यान्सन्सको घट्दो क्रमले यो सरकार आएपछि कति गैरकानुनी काम बढेको छ भन्ने कुरा देखाएको छ,’उनले भने ।

राष्ट्रिय विकासको सन्दर्भमा पुजिवादको विकास नभएसम्म समाजवादलाई अगाडि बढाउन कठीन हुने उनको भनाई थियो ।

साथै, पशिक्षण कार्यक्रममा उनले जनशक्तिको विकास, राष्ट्रिय पुजिको निर्माण र ठूला पुर्वाधारको विकासमा ध्यान दिन आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्