Logo

आहा रारा गोल्डकपः उपाधीका लागि मनाङ र एपीएफ भिड्दै



काठमाडौं, १५ माघ । २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र विभागीय टिम नेपाल एपीएफ क्लब भिड्दै छन् ।
पोखरा रंगशालामा आज (शनिबार) हुने खेल दिउँसो २ बजे सुरु हुनेछ । ।

एपीएफलले सेमिफाइनलमा मछिन्द्रलाई ३–१ ले हराउँदै फाइनल यात्रा तह गरेको हो ।

यस्तै, दोस्रो सेमिफाइनलमा टाइब्रेकरमा ४–३ ले हराउँदै मनाङ १२औं पल्ट फाइनलमा प्रवेश गरेको हो ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार तथा उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot