Logo

गठबन्धनको निष्कर्ष- निर्वाचन र ऐन संशाेधनबारे थप गृहकार्य गर्ने



काठमाडौँ, १५ माघ। सत्ता गठबन्धनको बैठकले निर्वाचनको मिति र ऐन संशाेधनबारे थप गृहकार्य गर्ने निष्कर्ष निकालेको छ। यसको लागि गठबन्धनमा सहमति जुट्न सकेको छैन। आज (शनिबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । निर्वाचन आयोगले वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न आग्रह गरेपछि गठबन्धन सरकार थप दवावमा परेको छ ।

बैठकमा संविधानसँग बाझिएका कानून संशाेधन गर्ने विषयमा गठबन्धन दलबीच छलफल भएपनि सहमति जुटन नसकेको हो । कानून संशाेधनको विषयमा पार्टीमा आन्तरिक छलफल पछि फेरी गठबन्धन बैठक बस्ने सहमति भएको छ । बैठक अपरान्ह ४ बजे बस्ने छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसँग ऐन संशाेधन र निर्वाचनको मितिबारे छलफल गरेका थिए ।

स्थानीय तहका पदाधिकारीको पाँचवर्षे कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ। निर्वाचनको तयारीका लागि १ सय २० दिन आवश्यक पर्ने भएकोले सरकारलाई निर्वाचनको मिति तोक्न निर्वाचन आयोग र एमालेले दबाब दिँदै आएको छ । तर, सत्ता गठबन्धन तीनै तहको निर्वाचन एकै पटक गर्ने वा छुट्टाछुट्टै मितिमा गर्ने अन्योलमै रहेको छ।



प्रतिक्रिया दिनुहोस्