Logo

मन्त्री श्रेष्ठको दाबी : सरकार चुनावबाट डराएको छैन, संविधानको सिमाभित्र रहेर चुनाव गराउँछ (भिडिओसहित)



काठमाडौं, १५ माघ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले सरकार चुनावबाट डराएको भन्नु गलत भएको टिप्पणी गरेका छन् । उनले सरकारले संविधानको सिमाभित्र रहेर चुनाव गराउने विश्वास दिलाएका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले संविधानमा लेखिएअनुसार नै काम गर्ने सुनाए ।

उनले पार्टीभित्र बाहिर चर्चा चलेजस्तो कुनै विवाद नभएको जिकिर गरे । उनले डा. बाबुराम भट्टराई अहिलेपनि पार्टीको संघीय परिषद् अध्यक्ष रहेकोले अर्को अध्यक्षको लागि दाबी गरेको आफूलाई जानकारी नरहेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्