Logo

एमालेले पाँच दलीय गठबन्धन भत्काउन खोजेको माधव नेपालको आरोप



काठमाडौं, १५ माघ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेले पाँच दलीय गठबन्धन भत्काउनको लागि षड्यन्त्र गरिरहेको टिप्पणी गरेका छन् ।  आज (शनिबार) काठमाडौंको बानेश्वरमा रहेको अर्याल होटेलमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले जुनसुकै समयमा चुनाव भए पनि सामना गर्न तयार भएको स्पष्ट पारेका छन् । उनले एमालेले गठबन्धन भत्काउने प्रयास गरिरहेको आरोप लगाउँदै आफूहरु एमालेको षड्यन्त्र विफल पार्नेगरि अघि बढेको सुनाए । उनले भने-“हामी चुनावबाट डराएका छैनौं, तर गठबन्धन तोड्न खोज्नेहरुले अनेक भ्रम छरिरहेका छन् ।”

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्