Logo

एमालेको चुनाव चिह्न सूर्यमा क्रमशः ग्रहण लाग्न थालेको छ : अध्यक्ष नेपाल



काठमाडौँ, १५ माघ। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले नेकपा (एमाले)को चुनाव चिह्न सूर्यमा क्रमशः ग्रहण लाग्न थालेको बताएका छन् । आज (शनिबार) एकीकृत समाजवादी निकट निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेप्रति यस्तो टिप्पणी गरेका हुन् । सम्बोधनमा अध्यक्ष नेपालले आगामी दिनमा आफूहरुको चुनाव चिह्न कलम चम्कँदै जाने र सूर्य कमजोर हुँदै जाने दावी गरेका छन् ।

उनले आफूहरुको मुख्य चुनौती एमाले नामको ‘केपी गुट’ भएको बताए । राष्ट्रियसभाको निर्वाचनमा एमालेले पैसाको खोलो बगाएको समेत आरोप लगाउँदै उनले भने, ‘एमालेले जति पैसा खन्याए पनि जित हाम्रै भयो, आगामी दिनमा पनि त्यस प्रवृत्तिविरुद्ध लड्न जरुरी छ ।’-File Photo



प्रतिक्रिया दिनुहोस्