Logo

भारतमा थप २ लाख ३५ हजार भन्दा बढीमा कोरोना संक्रमण



एजेन्सी, १५ माघ। भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख ३५ हजार ५ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सोहि अवधिमा ३ लाख ३५ हजार जना कोरोना संक्रमित संक्रमण मूक्त भएकाे भारतीय संचार माध्यमले जनाएका छन् । गत २४ घण्टामा थप ८ सय ७१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यस्तै, यसअघि बिहीबार भारतमा २ लाख ५१ हजार २ सय ९ जना संक्रमित थपिएका थिए भने ६ सय २७ जनाको मृत्यु भएको थियो । पछिल्ला ८ दिनदेखि भारतमा नयाँ सङ्क्रमितको सङ्ख्यामा लगातार गिरावट आइरहेको छ ।

हाल भारमा सक्रिय सङ्क्रमितको सङ्ख्या २० लाख ४ हजार ३ सय ३३ रहेको छ । भारतमा हालसम्म ४ करोड ८ लाख ५७ हजार ९ सय २२ जना मानिस कोरोना सङ्क्रमित भइसकेका छन् ।यसमध्ये ३ करोड ८३ लाख ४९ हजार ५९ जना निको पनि भएका छन् । त्यस्तै, ४ लाख ९३ हजार १ सय ९५ जनाकाे मृत्यु भएकाे छ ।त्यस्तै, केन्द्र सरकारले शनिबार ५ राज्यमा कोरोनाको अवस्थाको समीक्षा गर्ने भएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मण्डावियाले बिहार, ओडिशा, झारखण्ड, पश्चिम बंगाल र छत्तीसगढमा ओमिक्रोन भेरियन्टलाई ध्यानमा राख्दै कोरोना अवस्था, सार्वजनिक स्वास्थ्य तयारी र उपायहरूको समीक्षा गर्नु हुने भएकाे छ ।केन्द्रीय मन्त्रीले शनिबार दिउँसो करिब ३ बजे भिडियो कन्फरेन्स मार्फत् राज्यहरूमा कोरोनाको अवस्थाको समीक्षा गर्ने भारतीय संचार माध्यमले जनाएका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्