Logo

कुनैपनि बहानामा स्थानीय तहको निर्वाचन पर धकेल्नु गैरसंवैधानिक कदम हुन्छ : अधिवक्ता भट्टराई



काठमाडौं, १५ माघ । अधिवक्ता टीकाराम भट्टराईले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । उनले कुनै पनि बहानामा स्थानीय तहको निर्वाचन पर धकेल्नु गैरसंवैधानिक र अलोकतान्त्रिक कदम हुने टिप्पणी गरेका छन् । आज (शनिबार) नेकपा (एमाले) निकट प्रेस चौतारीले काठमाडौंको बागबजारमा रहेको होटल अर्यालमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले निर्वाचन जतिसुकै चरणमा भएपनि पहिलो चरणको निर्वाचनलाई आधार मानेर कार्यकालको गणना हुने भनेर लेखिएको पनि स्मरण गराए । उनले चरणबद्ध निर्वाचन नेपालमात्रै नभएर अरु देशमा पनि भएको उदाहरण दिए । उनले भारतमा लोकसभाको निर्वाचन ९ चरणमा भएको स्मरण गराए । संविधानको कुनै पनि अनावश्यक धारा टेकेर चुनाव सार्न वा स्थानीय तह रिक्त राख्न खोज्नु गलत हुने उनको तर्क छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्