Logo

बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा रकेट आक्रमण



एजेन्सी, १५ माघ। इराकको राजधानी बगदादको अन्तर्राष्ट्रिय विमानस्थलमा रकेट आक्रमण भएको छ । हिजो (शुक्रबार) ६ रकेटबाट बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गरिएको इराक सेनाले जनाएको हो ।

उक्त आक्रमणबाट २ व्यवसायिक विमान क्षतिग्रस्त भएका छन् । सेनाको बयानमा बताइएअनुसार आक्रमणमा इराकी एयरवेजको एक व्यवसायिक विमान पनि क्षतिग्रस्त भएको छ जो अहिले नियमित प्रयोगमा थिएन ।

इराकमा इरान समर्थक शिया गुटहरुले इरानी जनरल कासिम सुलेमानीको हत्याको बदला लिने कसम खाएका छन् । उनीहरुले देशबाट अमेरिकी सैनिक पूर्ण रुपमा बाहिर निस्किएपछि मात्रै आक्रमण समाप्त गर्ने शर्त राखेका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्