Logo

सत्तासाझेदार दलको बैठक बालुवाटारमा पुनः सुरु



काठमाडौँ १५ माघ: स्थानीय निकाय निर्वाचनलगायत विषयमा विचार–विमर्श गर्न सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा पुनः प्रारम्भ भएको छ ।

बिहानको बैठक निष्कर्षमा पुग्न नसकेपछि अपराह्नका निम्ति पुनः निर्धारण गरिएको बैठकमा राष्ट्रिय जनमोर्चाका प्रतिनिधिबाहेक चारवटै राजनीतिक पार्टीका शीर्षनेताहरूको उपस्थिति छ । पार्टीको काम विशेषले काठमाडौँबाहिर रहेकाले जनमोर्चाका प्रतिनिधि बैठकमा अनुपस्थित भएका हुन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम