Logo

गठबन्धनको बैठकमा प्रधानमन्त्रीले भने : स्थानीय तहको निर्वाचन बैशाखमै गरौं



काठमाडौं, १५ माघ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन बैशाखमै गर्ने बताएका छन् । आज विहान बसेका सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले तोकिएकै समयमा निर्वाचन गराउन आफू तयार रहेको भनाई राखेका थिए ।

विहानको बैठकमा गठबन्धनमा आवद्ध दलहरुबीच भएको सहमतिमा स्थानीय तहको निर्वाचनमा बरु गठबन्धन गरिने प्रधानमन्त्री देउवाको प्रस्ताव थियो । त्यसमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पनि सकारात्मक सुनिएका थिए ।

पछिल्लो समय सत्ता गठबन्धनमा स्थानीय तहको निर्वाचन बैशाखमा गर्ने कि नगर्ने भन्नेबारे एकमतको धारणा छैन् । बैशाखमा स्थानीय तहको निर्वाचन गराउनको लागि सरकारलाई दबाब छ । अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक जारी छ ।

उक्त बैठकमा उच्चस्तरीय राजनीतिक समन्वय समितिका सदस्यहरु र कानूनविद्हरुपनि सहभागी छन् । आज गठबन्धन निर्वाचनबारे एउटा निश्कर्षमा पुग्ने बताईएको छ ।



प्रतिक्रिया दिनुहोस्