
काठमाडौं, १५ माघ । नेपालले मरिससविरुद्ध गोल गरेको छ । दशरथ रंगशालमा जारी मैत्रीपूर्ण खेलमा नेपालले खेलको ५५ औं मिनेटमा विमल घर्तीमगरको गोलमा १ गोलको अग्रता बनाएको छ ।
पहिलो हाफमा नेपालले गोल गर्ने केही अवसर बनाएपनि सदुपयोग गर्न सकेको थिएन । पहिलो हाफमा सुमन लामाले पेनाल्टी बक्स बाहिरबाट हानेको दुई प्रहार पोष्ट माथिबाट बाहिरियो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम