Logo

सत्ता गठबन्धन जेठमा स्थानीय चुनावका लागि तयार, सरकारले आउँदो हप्ता निर्णय लिने



काठमाडौं, १५ माघ । सत्ता गठबन्धनले जेठभित्र स्थानीय तहको निर्वाचन गराउन सरकारलाई सुझाव दिएको छ । आज बसेको सत्ता गठबन्धनको बैठकले यस्तो सुझाव दिएको सरकारका प्रवक्ता समेत रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री देउवा आफैले संविधान अनुसार समयमै चुनाव गर्ने प्रस्ताव राखेका थिए । उनले स्थानीय चुनाव भएपनि गर्नुपर्ने र तीन तहको चुनाव एकसाथ गर्नेबारे समेत छलफल गरेको बुझिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले संविधानसँग बाझिएको कानुन संशोधन गरी जेठभित्र स्थानीय तहको निर्वाचन गराउन सत्तारुढ गठबन्धनले सरकारलाई सुझाव दिएको जानकारी दिए ।

अब निर्वाचन आयोगसँग छलफल गरी सरकारले चाँडै यसबारे निर्णय गर्ने बुझिएको छ । सत्तारुढ गठबन्धनमा स्थानीय चुनावबारे सहमति भएसँगै देश चुनावतर्फ जाने निश्चित भएको छ ।



प्रतिक्रिया दिनुहोस्