Logo

बार्टीले अष्ट्रेलियन ओपन जितेर बनाइन् किर्तिमान



एजेन्सी, १५ माघ । अष्ट्रेलियन ओपन टेनिसको महिला एकलतर्फको उपाधि एसलिग बार्टीले जितेकी छिन् । उनले अमेरिकी डानियली कोलिन्सलाई रोचक प्रतिष्पर्धामा पराजित गरी उपाधि जितेकी हुन् ।

४४ वर्षपछि अष्ट्रेलियन खेलाडीले अष्ट्रेलियन महिला एकलतर्फको उपाधि जितेर बार्टीले किर्तिमान समेत बनाइन् । उनले पहिलो सेट ६-३ ले जितेपनि दोस्रो सेट ५-१ ले पछि परिन् । तर, खेलमा फर्कदै ७-६ को जित हासिल गरिन् ।

२५ वर्षीय बार्टीले यसअघि सन् २०१९ को फ्रेन्च ओपनको उपाधि जितेकी थिइन् । उनले तीनवटा मुख्य उपाधिहरु जितिसकेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम