Logo

धनकुटामा सनराइज बैंकको विस्तारित काउन्टर



काठमाडौं, १६ माघ । धनकुटा नगरपालिका–५ मा रहेको करदाता सेवा कार्यालयमा सनराइज बैंकले विस्तारित काउन्टर सेवा विस्तार गरेको छ । उक्त काउन्टरको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले उद्घाटन गरेका हुन् ।

सो विस्तारित काउन्टर सेवा सञ्चालनमा आएसँगै बैंकको विस्तारित काउन्टर सेवा संख्या १३ पुगेको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका प्रदेश–१ प्रमुख विवेककुमार निरौलासहित धनकुटा शाखाका शाखा प्रबन्धक दिनेश शर्मा अधिकारीलगायत कर्मचारीको सहभागिता थियो ।



प्रतिक्रिया दिनुहोस्