Logo

परिवार टुक्रने क्रम तिव्र, नेपाली समाज व्यक्तिवादी बन्दै



काठमाडौं, १६ माघ । जनगणनाको प्रारम्भिक रिपोर्टले जनसंख्याको अनुपातमा परिवारको वृद्धिदर दोब्बर देखिएको छ । यसबाट परिवारहरु टुक्रने क्रम तिव्र भएको देखाएको छ ।

दश वर्षमा जनंख्या १०.१८ प्रतिशतले बढेको देखिन्छ । सरदर वार्षिक वृद्धिदर ०.९३ प्रतिशत रहेको रिपोर्टमा उल्लेख छ ।

हालको परिवारको संख्या १० वर्ष अघिको भन्दा करि २४.५७ प्रतिशतले वृद्धि भएको छ । अनुपातको हिसाबले जनसंख्याभन्दा परिवारको वृद्धिदर १० वर्षमा दोब्बरभन्दा बढी हो ।

२०७८ मा प्रति परिवार ४.३२ सदस्य रहेको उल्लेख छ । २०६८ मा ४.८८ प्रतिशत थियो ।

प्रति परिवार संख्यामा पनि कमी आउनु र जनसंख्याको अनुपातमा परिवार संख्या बढ्नुले समाज व्यक्तिवादी हुँदै गएको देखिन्छ । संयुक्त परिवार भन्दा एकात्मक परिवार बढेको तथ्याकबाट देखिन्छ ।
परिवार समाजको महत्वपूर्ण संस्था भएपनि कमजोर हुँदै गएको विश्लेषण पनि भएका छन् । यसले विभिन्न सामाजिक चुनौतीको सम्भावना बढ्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्