Logo

ट्याक्सीमा लागु जोरबिजोर प्रणाली हटाउन माग



काठमाडौं, १६ माघ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामको लागि सरकारले ट्याक्सीमा लागु गरेको जोरबिजोर प्रणाली हटाउन माग गरिएको छ । सार्वजनिक यातायात केन्द्रीय महासंघले कोरोना महामारीमा उपत्यकामा एम्बुलेन्सको अभाव हुँदा बिरामीलाई गाह्रो भइरहेकोले ट्याक्सीमा लगाइएको जोरबिजोर प्रणाली खारेज गर्न माग गरेको हो ।

महासंघले नागरिकलाई अस्पताल आउजाउ गर्न सहज हुने ट्याक्सीमा तत्काल जोरबिजोर खारेज गर्न माग गरेको छ ।

महासंघले जारी गरेको विज्ञप्तीमा आपत् पर्दा तत्काल कतै जानुपरे ट्याक्सीलगायत निजी सवारीसाधनको अभावले सर्वसाधारणलाई सास्ती भएको उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot